नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले तारकेस्वर नगरपालिका वडा न ६ मा वडा कमिटी गठन गरेको छ। उक्त वडा कमिटी गठन बाट ऋषि राम घिमिरेमा अध्यक्ष चुनिएको हो भने घिमिरेको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको छ।धमस्थलीको काठमाडौ रिभर साइड रिसोर्टमा एक कार्यक्रमका विच वडा कमिटी गठन गरेको हो ।

उक्त वडा भेलाले वडा कमिटीको अध्यक्षमा ऋषि राम घिमिरे सङगै वडा कमिटीको उपाध्यक्ष मनोज कार्की, सचिब केसव तिमिल्सिना सहितको ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ।आसन्न स्थानिय निर्वाचनमा तार्केस्वरमा पार्टीको संगठन बिस्तारलाई तिव्र प्रदान गरेको छ भने वडा कमिटी भेला सङगै निर्वाचन लाई केन्द्रीकृत गरेर आगामी योजना सहित योजना तर्जमा गर्न लागेको जानकारी समेत प्रदान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय