काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टी निवार्चन आयोगमा सनाखत भएको छ । आज सनाखत गर्न निर्वाचन आयोग पुगेकी नेतृ रामकुमारी झाँक्रीले नयाँ दल दर्ता गरेर आफूहरू चुनौती र गौरवपूर्ण बाटोमा हिँडेको बताएकी छन् ।
आफूहरू कम्युनिस्ट आन्दोलन पुनर्जागरणको बाटोमा हिँडेकाले सहमत हुनेहरू यो अभियानमा सामेल हुन सक्ने बताइन् । उनले पार्टीमा आउन चाहनेहरूका लागि ढोका खुल्लै रहेको बताएकी छिन् ।







