बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ अवस्थित नव युवा बाल सुधार समाजको प्रथम सामाजिक लेखा परिक्षण कार्यक्रम भब्यताको साथमा आयोजना भएको छ । बूढानीलकण्ठ नगरपालिका अवस्थित रिचमण्ड क्याफेमा आयोजना भएको कार्यक्रममा विभिन्न सामाजिक संस्थामा आवद्ध रहेका सामाजिक ब्यक्तित्व,राजनैतिक दलका प्रतिनिधिहरु, स्थानिय सरकारका प्रतिनिधिहरुको साथमा संस्थाका दाताहरू र संचारकर्मीहरुको पनि बाक्लो उपस्थित रहेको थियोे ।

आजको नव युवा बाल सुधार समाजको प्रथम सामाजिक लेखा परिक्षण कार्यक्रमको संचालन हेलिना राईले गरेका थिए भने कार्यक्रम संचालिका राईले संस्थाको स्थापना कालदेखि लिएर बर्तमान समयसम्मको संस्थाले गर्दै आएको कामहरुको जानकारी प्रदान गरेका थिए । त्यसैगरी संस्थाका अध्यक्ष शिव शंकर नेपालीको सभापतित्व कार्यक्रम सुरु हुँदा संस्थाले बालबालिकाको हक अधिकार गाँस, बास , कपास ,स्वास्थ र शिक्षा लिन पाउने बाताबरण बनाउन आफू जहिले पनि कृयाशिल भएर लागि परेको बताएका थिए भने सोही क्रममा राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधि सुनिता शाहको समेत उपस्थित रहेको सो कार्यक्रममा हाल आएर बालबालिकाहरुको अधिकार र संरक्षण गर्दा कस्ता बालबालिकाहरुको उद्दार गर्ने सकिन्छ विभिन्न तह र श्रेणी समेत छुटाएको भनी आफ्नो बिचार राखेक थिए साथै बूढानीलकण्ठ नगरपालिकाका बालबालिका तथा महिला महाशाखाका प्रमुख पुष्पा बमको समेत कार्यक्रममा उपस्थित रहेको उक्त बाल सुधार समाजका जापानमा रहेका जापानीज दाताहरुले नेपालमा रहेका बालबालिका आफ्नो परिवार भएको हृदयदेखि आभास भएको बस्न,खान मात्र नभएर उच्च शिक्षा अध्ययन पछीको जिवनको महत्त्वपूर्ण मोडमा पनि उनिहरुको अभिभावकत्व ग्रहण गरि थप साथ र सहयोग गर्नेको लागि विभिन्न चरणबद्द योजना बनाएको बताएका थिए साथै कार्यक्रम व्यवस्थापनमा बालकृष्ण श्रेष्ठ को महत्वपूर्ण प्रमुख भुमिका थियो ।

आज भएको नव युवा बाल सुधार समाजको प्रथम सामाजिक लेखा परिक्षण कार्यक्रममा काठमाडौ जिल्लाको सहायक जिल्ला प्रमुख अधिकारी खडग बहादुर श्रेष्ठको प्रमुख अतिथिका रुपमा रहेको थिए । सहायक जिल्ला अधिकारी श्रेष्ठले कार्यक्रममा आफ्नो मन्त्वय राख्ने क्रममा अहिलेको समय बालगृहहरु दर्ता गर्ने तर त्यसता सामाजिक संस्थाहरु संचालन राम्रो नगर्दा केही समस्याहरुको सामना पनि गरेको साथै आफू जहिले पनि राम्रो संचालन गरिएका बालगृहहरुलाई सहयोग गर्ने आफू जहिले पनि तयार रहेको बताएका छन ।

आज भएको प्रथम सामाजिक परिक्षण कार्यक्रममा सहायक निर्देशक समाज कल्याण परिषदका भागवत प्रसाद चौधरी, राजनैतिक दलको तर्फबाट बूढानीलकण्ठ नगरपालिका वडा ३ का नेपाली काङ्ग्रेस सभापति अरुण ठकुरी,नेकपा एकीकृत समाजवादीका रबि श्रेष्ठ, नेकपा एमाले पुर्णलाल श्रेष्ठ, माओवादी केन्द्रका गङादेवि श्रेष्ठ लगायत समाजसेवीहरु मनोजकुमार श्रेष्ठ,रामशरण श्रेष्ठ,दिपेश सुनुवार,जीवन थापा साथै शिवपुरी नागर्जुन मध्यवर्ती क्षेत्रका अध्यक्ष धावा तामाङ लामा, पत्रकार सुवास श्रेष्ठ, महिला समुहका प्रतिनिधिहरु लगायत सामाजिक ब्यक्तित्वहरुको उपस्थितमा कार्यक्रम भब्य समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय