असार २६ काठमाडौ
नेकपा(एकीकृत समाजवादी)ले आफ्ना नेता कार्यकर्ता सहित जनसंगठनलाई लक्षित गरी स्कुल संचालन गर्ने भएको छ । जस अनुसार पार्टीको स्कुल विभागले युवा संघ र अनेरास्ववियूका पदाधिकारी तथा सदस्यहरूलाई यही असार ३० गतेबाट एक हप्ते प्रशिक्षण गर्ने भएको हो ।
पार्टी स्कुलको पहिलो चरणमा असार ३० गतेदेखि श्रावण ३ गतेसम्म ६ दिन युवा तथा विद्यार्थी संगठन का पदाधिकारी तथा सदस्यहरुलाई सहभागी गराइने पार्टीका केन्द्रीइ सदस्य तथा स्कुल विभागका सचिव अशेष घिमीरेले बताउनु भयो ।
अन्य जनसंगठनको पार्टी स्कुल तालिका क्रमशः सार्वजनिक गरिने सचिव घिमीरेले बताउनु भयो । कक्षा तोकिएको दिनहरूमा बिहान ७ बजेदेखि ९ बजेसम्म (दुई घण्टा) सञ्चालन गरिने पार्टी स्कुलमा सहभागि हुन चाहाने युवा तथा विद्यार्थी नेताहरूले असार २७ गतेभित्र पार्टी स्कुलमा आफ्नो नामावली पठाउनुपर्ने भनिएको छ ।
सहभागिहरुले तोकिएको दिनका (६ दिन) कक्षामा पुरा अवधि अनिवार्य रुपमा सामेल हुनुपर्नेछ । कक्षाको सहभागिता र सक्रियता मुल्यांकनको विषय बनाइने सूचनामा उल्लेख छ ।







