जिरी दोलखा/नेपाल कम्नियुष्ट पार्टी एकीकृत समाजबादी जिरि नगर कमिटिको कार्यलय उद्घाटन भएको छ। जिरी नगर कमिटीका अध्यक्ष शैलेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष भिम दहाल र सचिब प्रोण प्रताप केसिले कार्यालयको उद्घाटन गरेका हुन।
एकीकृत समाजबादी जिरी नगरका अगुवा नेता कार्यकर्ताको उपस्थितिमा भएको कार्यलय उद्घाटन कार्यक्रम मा जिरिका निष्ठावान नेताहरु सुनिता दाहाल, नुर्पा दावा शेर्पा,दोर्जी शेर्पा,केश बहादुर तमाङ,प्रेम बहादुर कार्की,मोहन खड्का,विशाल काफ्ले,लव जिरेल,वसन्त जिरेल,जय बहादुर तमाङ,हर्क जिरेल,केशर बहादुर जिरेल,प्रकाश श्रेष्ठ,भेष बहादुर खड्का,लगाएतका जिरिका संस्थापक र पुराना नेताहरुको उपस्थितिमा कार्यलय उद्घाटन गरिएको हो।
कार्यलय उद्घाटन कार्यक्रममा अनेरास्ववियु दोलाखाका उपाध्यक्ष तेजश्वी बस्नेत,युवा संघ दोलखा का सह अध्यक्ष रामहरि शिवाकोटी,अध्यक्ष केशब कुमार कार्की,केन्द्रिय सदस्य शुन्दर दहाल, विशाल काफ्ले खत्री नेकपा एकीकृत समाजबादीका जिल्ला कमिटी सदस्य मरिच खड्का,सचिब प्रोण प्रताप केसि,अध्यक्ष भिम दहाल लगाएत ले पार्टी को समसामयिक बिषय सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ।
फोटोमा:-जिरी नगर कमिटी कार्यलय उद्घाटन कार्यक्रम







