काठमाडौ,असार ५ /  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचनको तुस पालेर नबस्न भनी नेता तथा कार्यकर्ताहरु लाई अनुरोध गरेका छन ।

उहाँका अनुसार स्थानिय तहको निर्वाचनमा जे जस्तो परिणाम आएको भएता पनि त्यसलाई हामीले मानेर जानुपर्ने र अब हुन लागेको प्रदेश तथा संघको निर्वाचनमा पनि वर्तमान सतारुढ गठबन्धन कायम रहने भएकोले नेता तथा कार्यकर्ताहरुले तुस नपाल्न अनुरोध गरेका हुन ।

आगामी निर्वाचनमा भने निर्वाचन अगावै सिट बाड्फाड गरेर दलहरु एकआपसमा सहमतिका साथमा निर्वाचनमा जान पनि भन्नुभएको छ।समयमा नै सिट बाडफाड हुन नसक्दा स्थानिय तहका धेरै स्थानमा पराजय भएको भनी गुनासो समेत उहाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय