असार १२ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सचिवालयको निर्णय अनुसार चारजना मन्त्री फिर्ता बोलाउने निर्णय सर्वसम्मतले पारित गरेको छ।
उक्त बैठकले नयाँ मन्त्रीहरुलाई छिटो सपथ ग्रहण गराउन आग्रह गरेको छ भने एकीकृत समाजवादीको संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका ६ जना सांसदले हस्ताक्षर पनि फिर्ता लिएका छन् ।
हस्ताक्षर फिर्ता लिनेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र सांसदहरु रहेका छन् सांसदहरु द्वारा शनिबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा हस्ताक्षर फिर्ता लिएको घोषणा गरिएको हो।उक्त हस्ताक्षर फिर्ता लिनेमा प्रेम आले सहित सांसद धनबहादुर बुढा,कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुषपाकुमारी कर्ण कायस्थ तथा बीनादेवी बुढाथोकी रहेका छन् ।







