कार्तिक ३० काठमाडौ / टोखा नगरपालिका द्वारा आयोजना गर्ने लागिएको एक सार्बजनिक सुनुवाइ कार्यक्रम बारे नेकपा एकीकृत समाजवादी पार्टीलाई आधिकारिक जानकारी नदिएको भनी काठमाडौ क्षेत्र नम्बर ५ ले प्रेस विज्ञप्ति जारी गरिएको छ।

सो जारी गरिएको प्रेस विज्ञप्तिमा यहि मिति २०७८/७/३० गते टाेखा नगरपालिकाले आयाेजना गरेकाे कथित सार्बजनिक सुनुवाई कार्यक्रममा हाम्राे पार्टि नेकपा एकीकृत समाजवादी लाई उपेक्षा गरि बर्तमान संबिधानले अङ्गिकार गरेकाे भावना र मर्म बिपरित दलकाे मान्यता प्राप्त दललाई टोखा नगरपालिका मेयरकाे मिलेमताेमा दलकाे मान्यता नदिने कायरहरुकाे कुत्सित मनसाय देखिएकाे हुदा उक्त कार्यकाे घाेरभत्सर्ना गर्दछाै।साथै उक्त नाैटङ्कि कार्यक्रम बहिस्कार गर्न गराउन टाेखा नगरपालिकामा बसाेबास गर्नुहुने सबै न्यायप्रेमि जनसमुदायमा हार्दिक अपिल गर्दछाै र साथै पांचदलिय गठबन्धनलाई भस्ट्रचारले चुर्लुम्म डुबेकाे टाेखा नगरपालिकाकाे नेतृत्वकाे भन्डाफाेर गर्न समेत अपिल गर्दछाै।भनी उक्त जारी गरिएको विज्ञप्तिमा उल्लेख्य गरिएको छ।
नेकपा एकीकृत समाजवादी क्षेत्र नम्बर ५ का संयोजकमा रामकृष्ण सेढाई रहेको छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय