मंसिर ११ बुढानिलकण्ठ / नेकपा एकीकृत समाजवादी पार्टीको काठमाडौ क्षेत्र नम्बर ५ को बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३मा आज बृहत वडास्तरिय कमिटी गठन कार्यक्रम आयोजना भएको छ।
उक्त बृहत भनिएको कार्यक्रममा ४५ कमिटी सदस्य सहितको वडा कमिटी गठन भएको हो।कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा ३ का समाजवादीका १५६ जना भन्दा बढी कार्यकर्ताहरुको उपस्थिती रहेको थियोे ।
आज भएको उक्त कार्यक्रमको संचालन लामो समय देखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका पत्रकार रविन्द्र ढुङ्गेलले गरेका थिए भने कार्यक्रमको सभापतिमा नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगरपालिका वडा ३ का इन्चार्ज तथा काठमाडौ जिल्ला सदस्य बद्री कार्कीले गरेका हुन।कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशसभा सदस्य मिना ज्ञवाली तथा विशेष अतिथिमा नेकपा एकीकृत समाजवादी बागमती प्रदेश सदस्य बालकृष्ण श्रेष्ठ लगायत अतिथिमा काठमाडौ जिल्ला सदस्य राजाराम भण्डारी,जितबहादुर सुनार,काठमाडौ जिल्ला खेलकुद महासंघका जिल्ला कमिटी उपाध्यक्ष राजकुमार सुनार(राजु),काठमाडौ क्षेत्र नम्बर ५ का उपाध्यक्ष धनमाया डङ्गोल,क्षेत्र ५ का सदस्य बबिता रम्तेल,राजेस लामा,नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगरपालिका वडा १ अध्यक्ष श्याम वाइवा तथा काठमाडौ क्षेत्र नम्बर ४ का सदस्य सुबास श्रेष्ठको उपस्थितमा कार्यक्रम भब्य समापन गरिएको थियोे ।









