नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको यहि जेठ १७ गते स्थानीय तहको निर्वाचन समिक्षात्मक प्रतिनिधि पठाउने भनी एक बैठक सम्पन्न भएको छ। यहि बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन समिक्षाकाका लागि जिल्लाका सबै वडामा प्रतिनिधि खटाउने निर्णय गरेको हो।

सो बैठकले नेकपा एमाले काठमाण्डौ जिल्लाद्वारा स्थानीय तहको निर्वाचन समिक्षाका लागि १३८ वटै वडामा प्रतिनिधि पठाउने निर्णय भएको छ भने स्थानिय तहमा निर्वाचित जन प्रतिनिधिहरुलाई जेष्ठ  २० देखि २६ सम्म आवासीय प्रशिक्षण संचालन पनि गरिने छ।

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज  कृष्ण गोपाल श्रेष्ठ ,सह इन्चार्ज  रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने ,बागमती  प्रदेश उप सचिब रत्ना गुरुङ लगायतको उपस्थितिमा बैठक बसेको थियोे । त्यस्तै नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको भवन निर्माणका लागि काठमाण्डौ महानगरपालिका वडा नं ४ धुम्बराहीमा रहेको  १० आना क्षेत्रफलमा निर्माण भएको घर जग्गा खरिद प्रकृया अगाडि बढाउने निर्णय गरेको सो बैठकले समिक्षा बैठकको संयोजनका लागि जिल्ला सदस्यहरुलाई जिम्मेवारी समेत प्रदान गरेको छ।

कसले पाए संयोजनको जिम्मेवारी ?

१. किर्तिपुर नगरपालिका : सचिव राजेश शाक्य

२. काठमाण्डौ महानगरपालिका : उप सचिव तेज प्रसाद ढकाल

३.दक्षिणकाली नगरपालिका : उपसचिव बिन्दु महर्जन

४.शंखरापुर नगरपालिका : उद्दव भण्डारी

५.बुढानिलकण्ठ नगरपालिका : कमल रेग्मी

६.गोकर्णेश्वर नगरपालिका : ध्रुबराज पाण्डे

७. टोखा नगरपालिका :केशरत्न बज्राचार्य

८.तारकेश्वर नगरपालिका : रामकृष्ण श्रेष्ठ

९.नागार्जुन नगरपालिका : ज्ञानमाया डंगोल

१०.कागेश्वरी मनोहरा नगरपालिका : भवानी डोटेल

११.चन्द्रागिरी नगरपालिका : इन्दिरा पन्त

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय