काठमाडौं । नेकपा एमालेले काठमाडौंका २० मध्ये १८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशनअनुसार क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरिरहेको र १० नम्बर क्षेत्रको नाम आउन बाँकी रहेको जिल्ला अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन।
प्रदेशसभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न २० वटै क्षेत्रीय कमिटीका बैठक शुक्रबार एकैपटक राखिएको थियो । क्षेत्र नम्बर ३ का दुवै प्रदेशसभाबाहेक अन्यत्र सर्वसम्मत रुपमा एकल नाम सिफारिस हुन नसकेपछि आकांक्षबीच छलफल गरेर कतिपयले फिर्ता लिएका छन् ।त्यस मध्य काठमाडौ क्षेत्र नम्बर ४ तथा क्षेत्र नम्बर ५ निम्न अनुसार उम्मेदवारी सिफारिस गरेका छन ।
क्षेत्र नम्बर ४ (क)
तेजप्रसाद ढकाल
निर्मल देउला
इन्दिरा गिरी
परमानन्द शाक्य
अमृतराज वैद्य
मनिष लिम्बिु
रविन्द्र पण्डित
क्षेत्र नम्बर ४ (ख)
उद्धब खरेल
लक्ष्मी संग्रौला
बिदुर खड्का
जयराम थापा
श्रीकृष्ण श्रेष्ठ
राजन पोखरेल
गोविन्द कटुवाल
जगत निरौला
दुर्गा थापा
क्षेत्र नम्बर ५ (क)
नारायण सिलवाल
मोहन विष्ट
मिरा जोशी
क्षेत्र नम्बर ५ (ख)
दिपक निरौला
जगन्नाथ ढकाल
किरण शाह ठकुरी
ध्रुवराज पाण्डे
राधेश्याम भण्डारी
सत्यनारायण डंगोल







