असार ७ काठमाडौ । नेकपा एमाले काठमाडौ जिल्ला द्वारा जिल्ला प्रशासन कार्यलय लाई मतदाता नामावली संकलन गर्ने सम्बन्धमा ज्ञापनपत्र बुझाएको छ।नेकपा एमाले काठमाडौ जिल्लाका अध्यक्ष दिपक निरौला सहितको उक्त पार्टीका नेताहरुको संयुक्त सहभागीमा आज ज्ञापनपत्र बुझाएको हो।

मतदाता नामावली संकलन सम्बन्धमा कानुन बमोजिम मतदाता नामावलीमा नाम दर्ता हुन योग्य नेपाली नागरिकले सहज तरिकाले मतदाता नामावालिमा समाबेश गर्न पाउनु पर्छ । नेकपा एमाले काठमाडौ जिल्लाका अनुसार आगामी दिनमा सम्पन्न हुने संघ तथा प्रदेशसभा निर्वाचन समेतलाई मध्यनजर राख्दै तथा निर्वाचन आयोगको नियमित कामलाई व्यवस्थिति गर्न १ असार २०७९ का दिन देखि जिल्ला निर्वाचन कार्यालय काठमाडौँबाट मतदाता नामावलीमा नाम समावेश गर्ने काम भईरहेको छ 𑅁

अहिले जिल्ला निर्वाचन कार्यालय काठमाडौँको वरिपरी बिहान देखि बेलुका साँझसम्म काठमाडौँ वासीहरु मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न लाईनमा बसेर थकित हुनुपर्ने अवस्था रहेकोे छ 𑅁 तै पनि विहान देखिको लाईनमा रहनु भएका नागरिकहरु नाम दर्ता गर्न नसकी फर्कनु परेको अवस्था प्रति नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ भनी पत्रमा भनिएको छ।

काठमाडौँमा ११ वटा पालिका र १३८ वटा वडा कार्यालय छन् 𑅁 काठमाडौँको भूगोल अनुसार जिल्ला निर्वाचन कार्यालय आइपुग्दा पनि निकै समय लाग्दछ 𑅁सबै नागरिक सुविधाको उपयोग गर्न सक्ने अवस्थामा पनि छैनन् 𑅁 मतदाताहरुलाई सहजतापूर्वक आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्न राज्यले सकेसम्म प्रत्यक वडा वडामा त्यो कार्य सम्पादन गर्नु पर्दछ 𑅁 यदि त्यति व्यवस्थापन नसक्ने परिस्थिति गर्न सकस भए ११ वटै पालिकामा निर्वाचन कार्यालय व्यवस्थित गरेर अनिवार्य रुपमा मतदाता नामावलीमा नाम समावेश गर्नेको लागि उक्त पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय