भोलि अर्थात् चैत १७ गते नेकपा एमाले बूढानीलकण्ठ नगरपालिकामा हुने नगर अधिवेशनमा अध्यक्षको पदमा उम्मेदवारी दिनका लागि श्रीकृष्ण श्रेष्ठले व्यापक तयारी गरेको चर्चा चुलिएको छ उनले सो विषयलाई लिएर आन्तरिक भेटघाट र छलफल व्यापक बनाइरहेका छन ।
बूढानीलकण्ठ नगरपालिका नेकपा एमाले नगर कमिटीका सचिव समेत रहेका श्रेष्ठले नगर कमिटी अध्यक्ष पदको दावी गर्दै उम्मेदवारि दिने तयारी गरेसङ्गै उनको विजयको ज्यादा सम्भावना रहेको चर्चा भएको छ । यस अघिको स्थानिय निर्वाचनमा नेकपा एमालेको तर्फबाट बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा जित हासिल गरेका श्रेष्ठ पुर्व वडाअध्यक्ष समेत हुन भने बर्तमान समयमा बूढानीलकण्ठ नगरपालिकाको विभिन्न समितिहरुमा बसेर आफ्नो भुमिका पनि निर्वाह गरिरहेका छन।
नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहि सफलता पुर्वक आफ्नो भुमिका निर्वाह गरेका श्रेष्ठ हालै सम्पन्न भएको स्थानिय निर्वाचन,प्रदेश र संघको निर्वाचनमा समेत तुलनात्मक सकृय भएर लागि परेका थिए फलस्वरूप नेकपा एमालेले स्थानिय निर्वाचनमा सुखद नतिजा समेत प्राप्त गरेको थियोे साथै साविक चुनिखेल गाविस रहेको अवस्थामा स्थानीय विकास निर्माणमा सक्रिय रहेर सामाजिक व्यक्तित्वको पहिचान बनाएका श्रेष्ठले २०७९ सालको स्थानीय तहको निर्वाचनमा प्रचारको कमाण्ड सम्हाल्दै सुखद नतिजा ल्याउन गरेको मेहनतको चर्चा काठमाण्डौ क्षेत्र नं ४ मा हुने गरेको छ।







