कार्तिक १५ काठमाडौ /बागमती अन्लाईन खबर काठमाडाैँ क्षेत्र नं ४ का प्रभावशाली युवा कम्युनिस्ट नेता ध्रुवराज न्याैपाने नेकपा एकीकृत समाजवादीकाे क्षेत्रीय अध्यक्ष चयन भएका छन् । हिजाे शनिवार वागमती प्रदेश अध्यक्ष सावित्रा भुसालकाे प्रमुख आतिथ्यतामा भएकाे एक औपचारिक कार्यक्रमले चयन गरेकाे हाे ।

त्यसैगरी क्षेत्रीय सचिवमा अर्का प्रभावशाली युवा नेता तथा बुढानिलकण्ठ नगरपालिकामा लेखा समितिको संयाेजक समेत रहेका एवम् सहकारी अभियानता पनि रहेकका पुरूषाेत्तम नेपाल चयन भएका छन् । ७५ सदस्यीय क्षेत्रीय समितिकाे उपाध्यक्षमा ललितमान श्रेष्ठ र उपसचिवमा सन्ताेष तिमिल्सिना चयन भएका छन् ।

सोही कार्यक्रम मार्फत बुढानिलकण्ठ नगरकमिटी समेत घोषणा भएको तथा काठमाडौ क्षेत्र नम्बर ४ युवा संघ नेपालले पनि औपचारिकता पाएका हो।                       

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय