कार्तिक २६ काठमाडौ/    नेकपा एकीकृत समाजवादी काठमाण्डौ जिल्ला कमिटीको अध्यक्षमा कुसुम कुमार कार्की चयन भएका छन। नेकपा एस काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

नेकपा एसका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले अध्यक्ष कार्की सहित नया कमिटीलाई सपथ ग्रहण गरेका छन। काठमाण्डौ महानगरपालिका वडा नं ७ मा भएको भेलाले कार्कीलाई अध्यक्षमा चयन गरेको हो।

यस अघि अध्यक्ष रहेका बसन्त मानन्धर पोलिटब्युरो सदस्य बनेपछि सचिव रहेका कार्की अध्यक्ष बनेका हुन् ।त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवाद पार्टी केन्द्रीय कमिटीको कार्यविभाजनको आधारमा जिम्मेवारी हेरफेर सहित काठमाडौं जिल्लामा पार्टी सुदृढिकरण तथा विस्तार अभियानलाई सशक्त रुपमा अघि बढाउने निर्णय गरि उक्त बैठक सम्पन्न भएको छ । नयाँ कार्यविभाजन अनुसार जिल्ला कमिटीको अध्यक्ष कुसुम कुमार कार्की,उपाध्यक्ष द्वय ओमकुमारी श्रेष्ठ, बटुकृष्ण थापा, सचिव एल.पि सकवामी,उपसचिव त्रयकृष्णहरी खत्री,धुर्बराज न्यौपाने, सुरेन्द्रहर्ष बज्राचार्य सहित भएको २२५ सदस्य जिल्ला कमिटी गठन गरेको छ ।

सो कार्यक्रममा पार्टी अध्यक्ष माधबकुमार नेपाल,सचिब जिबनराम श्रेष्ठ,स्थायि कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष साबित्रा भुसाल लगायत नेकपा एसका जिम्मेवार ब्यक्तित्वहरुको उपस्थितमा कार्यक्रम समापन गरिएको थियोे ।                                                                 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय