असोज ९ काठमाडौ/बागमती अन्लाईन खबर
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौ महानगरपालिका वडा नम्बर १६ तथा युवा संघ नेपाल क्षेत्र नम्बर ७ को कमिटी बिस्तार कार्यक्रम आयोजना भएको छ।

आज भएको उक्त भेलालाई सफल बनाउन सोर्‍हखुट्टे चोकवाट युवा संघ नेपालका युवाहरुले बृहत र्‍याली आयोजना गरेको हो। आजको बृहतभेलाले लक्ष्मण गमालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) को १६ नम्बर वडा कमिटी गठन गरेको छ।भने सोही समारोहमा राजु श्रेष्ठको अध्यक्षतामा युवा संघ नेपाल क्षेत्र नम्बर ७ को कमिटी पनि बिस्तार भएको थियोे।

आज आयोजना भएको कार्यक्रममा नेकपा (एस) पार्टीका उपाध्यक्ष माननीय राजेन्द्र पाण्डेको प्रमुख अतिथि तथा पार्टी काठमाडौ इन्चार्ज प्रदेससभा सदस्य वसन्त मान्धर लगायत बिशिस्ट ब्यक्तिहरुको उपस्तिथिमा काठमाडौं महानगरपालिका वडा नं. १६ मा वृहत कार्यकर्ता भेला समापन भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय