नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को निधन भएको छ।

बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका बेला उनलाई हृदयाघात भएको थियो।

उपचारका लागि तत्काल लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले बताए।

स्वर्गीय पाण्डेको पार्थिव शरीर शनिबार बिहान ८ देखि साढे ८ बजेसम्म तानसेनस्थित टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने छ। उनको अन्त्येष्टि आजै राम्दी घाटमा गरिने परिवारजनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय