नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयको १३ औं बैठकले गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको निष्कर्ष निकालेको हो ।नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनमा सामेल सबै दलहरुलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ ।
बैठकले सरकारले वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा सो घोषणाको सहर्ष स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ ।लोकतन्त्रको उच्चतम प्रयोग र सुन्दरता भनेको नै निर्वाचन हो र निर्वाचनमा गएर सर्वोत्कृष्ट हुने कुरा पार्टीका लागि गौरवको कुरा भएको महासचिव वेदुराम भुषालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकव छ । यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने नेकपा एकीकृत समाजवादी उल्लेख गरेको छ ।







