नेपाल पत्रकार महासंघले केन्द्रीय, प्रदेश र शाखा समितिहरुको निर्वाचन आगामी असोज १२ गते गर्ने निर्णय गरेको छ। निर्वाचन अध्यक्ष विपुल पोख्रेलले असोज ५ गते राजीनामा दिएपछि निर्वाचनको प्रक्रिया प्रभावित भएको थियो।
कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनको तयारी गर्ने निर्देशनसहित निर्वाचन समितिलाई पत्राचार गरिएको जनाएका छन्। महासंघले शुक्रवार नै मतदाताको नामावली पनि निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ।
मतदाता सूची शनिबार सार्वजनिक गरिनेछ र निर्वाचनका लागि तालिका सोही दिन जानकारी गराइने विष्टले बताए।







