नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार पदबाट राजीनामा दिएका छन्। महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएपछि विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए।

विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी लिएको केही समयमै महासंघको चुनाव गर्ने मिति असोज १२ गतेका लागि तोकेका थिए। साथै, असोज ४ गते उम्मेदवारहरूको मनोनयन दर्ताको कार्यतालिका पनि तयार पारिएको थियो।

तर विष्टको राजीनामापछि अब महासंघको नेतृत्व कसले सम्हाल्ने र आगामी चुनावको प्रक्रिया कसरी अघि बढ्ने भन्ने विषयमा अन्योलता छ। विष्टले राजीनामाको कारणबारे भने विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्।

 महासंघको चुनावमा अन्योलता

विष्टको राजीनामासँगै नेपाल पत्रकार महासंघको चुनावी प्रक्रिया नै प्रभावित हुने देखिएको छ। असोज ४ गते उम्मेदवारहरूको मनोनयन दर्ता र असोज १२ गतेको चुनावको मिति तोकिएको भए पनि विष्टको राजीनामापछि यो प्रक्रिया कसरी अघि बढ्छ भन्ने अझै स्पष्ट भइसकेको छैन।

महासंघका सदस्यहरूले अब नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया छिट्टै अघि बढाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय