पुर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पोर्चुगल नवनियुक्त राजदुत सनिल नेपालको साथमा पोर्चुगल अलेन्तेजु क्षेत्रका एनआरएनएका बरिस्ठ उपाध्यक्ष एवं प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष र हेल्पडेस्क इन पोर्चुगलका संचालक बिक्की सुवेदीबिच त्रिपक्षिय बैठक र भेटवार्ता भएको छ ।

पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै नियुक्त भएका पोर्चगलका राजदुत सनिल नेपाललाई बधाई दिएका थिए भने नेपाल र पोर्चुगल देशबिच मजबुत कुटनैतिक सम्बन्ध स्थापित गर्नेको लागि सुझाव दिदै लाखौ नेपालीहरु रहेको सो मुलुकमा नेपालीहरुको सहयोगमा लाग्न र सरकारको तर्फबाट सहयोग रहने बर्तमान समयमा अग्रिमो जारी पश्चात बजेट ब्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराउने समेत बताएका छन ।

यसैक्रममा पोर्चुगलमा एकदशक लामो समयसम्म बसोबास गरि त्यहा नेपाली र एसियायी मुलका आप्रवासीहरुलाई कानुनी समस्या लगायत विभिन्न दैनिकी समस्याको समाधान गर्ने उद्देश्यले स्थापना भएको हेल्पडेस्क पोर्चुगलका संचालक र प्रवासी नेपाली एकता मञ्चका सहसयोजक समेत रहेका बिक्की सुवेदीले यावत पोर्चुगलमा नेपालीहरुलाइ परेको समस्याको आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको र अब पोर्चुगलमा नै राजदुतावास आउने भएको देख्दा आफुले खुशी लागेको र आपसी सहकार्य गरि विशेषत नेपालीहरु लाई पासपोर्ट नविकरण गर्ने पासपोर्ट बनाउन अब अरु मुलुक कहि जान नपर्ने हुँदा नेपालीहरुको समस्यामा केही राहत महसुस हुने बताएका थिए भने पोर्चुगल सरकार र नेपाली सरकार बिच आफू सेतुको भमिका निर्वाह गर्ने पनि लागिपर्ने हेल्पडेस्क र संगठनको तर्फबाट कहाँ कसरी हुन्छ आफ्नो तर्फबाट पुर्ण सहयोग र योगदान दिने बताउदै नवनियुक्त राजदुत नेपाललाई बधाई दिएका थिए साथै पोर्चुगलमा भएका बेथिति र त्यहा हाल भएका समस्याहरुको जानकारी पनि गराउदै समाधानका लागि सहकार्य गरिने समेत बताएका थिए ।

उक्त बैठक र भेटघाट कार्यक्रममा पोर्चुगलका नवनियुक्त राजदुत सनिल नेपालले लाखौं नेपालीहरुको समस्या रहेको उक्त देशमा भएको समस्या समाधानका लागि आफू अहिलेदेखि लागि परिसकेको र त्यहाँको बेथिति एवं समस्या न्यूनीकरणका लागि हेल्पडेस्क संचालन भएको जानकारीले प्राप्त हुँदा आफुमा सकारात्मक बिचार पैदा भएको बताउदै नितान्त र निरन्तर सहकार्य गरिने, नेपालीहरुको समस्या लगायत कुटनैतिक सम्बन्धलाई थप मजबुत बनाउन आफू लागि पर्ने बताउदै पुर्व प्रधानमन्त्री नेपाल र हेल्पडेस्कका सुवेदीलाई निरन्तर सहयोग प्राप्त हुने अपेक्षा रहेको भनी बताएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय