शंकर पोखरेलले सामाजिक संजाल मार्फत  माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको मुख्य सर्जक ठहर गरेका छन्। उनले विपक्षी दलको नेताको रुपमा प्रचण्डले नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समिकरणका विरुद्ध अराजनीतिक र असंसदीय अभिव्यक्ति दिएको आरोप लगाएका छन्। पोखरेलका अनुसार, प्रचण्डको उक्त अभिव्यक्तिले वर्तमान बहसलाई तिक्त बनाएको छ, र सत्तापक्षबाट यसमा प्रतिवाद हुनु स्वाभाविक हो भने माओवादी मित्रहरु अत्यधिक उत्तेजित हुनु आवश्यक छैन।

पोखरेलले माओवादीका साथीहरुले ‘जनयुद्ध’लाई हिंसात्मक आन्दोलन भनिएकोमा विरोध गरेको उल्लेख गर्दै संविधानले ‘जनयुद्ध’लाई स्विकारेको छैन भनेका छन्। उनले एमाले र कांग्रेसलाई संविधानको भाषा नबोलेकोमा विरोध गर्ने माओवादीले पनि संविधानले नस्विकारेको भाषा प्रयोग गर्न नमिल्ने तर्क गरेका छन्। साथै, उनले माओवादी पक्षले ‘जनयुद्ध’ शव्द प्रयोग गर्न छोड्ने दिन उनीहरुलाई नेकां र एमालेलाई ‘हिंसात्मक द्वन्द्व’ भनेकोमा आपत्ति गर्ने नैतिक अधिकार प्राप्त हुने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय