नविना श्रेष्ठ
फागुन २१,२०८०
सूर्य विनायक नगरपालिका स्थानीय स्काउटले बागमती प्रदेश नवनियुक्त प्रमुख आयुक्त शिवकुमार त्वयनालाई बधाई तथा शुभकामना दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि स्थानीय आयुक्त कृष्मा थोकर सभाध्यक्षमा कार्यक्रम सञ्चालन गरेको थियो। स्थानीय आयुक्त कृष्मा थोकर सूर्य विनायक नगरपालिकामा स्काउटको लागि दिएको योगदान त्याग तपस्या विश्वास लाई कदर गर्दै शिव कुमार त्वयनालाई बधाई तथा शुभकामना दिदै उहाँले देखाएको बाटो समेट्दै स्काउटको प्रतिज्ञालाई मनन गर्दै सम्पूर्ण स्काउटरहरूलाई साथमा समेट्दै आफू स्काउटिङको क्षेत्रमा लाग्ने प्रतिबद्धता जनाएका छन्।
बागमती प्रदेशका नवनियुक्त प्रमुख आयुक्त शिवकुमार त्वयनाले सूर्यविनायक नगरपालिकालाई धन्यवाद दिँदै आगामी दिनमा पनि गत समयमा जसरी आफूले स्काउटिङको क्षेत्रमा लागिपरेको थिए, र स्काउटिङको विकासमा जोड दिएको थिएँ। त्यसरी नै अबका दिनमा पनि आफूले सक्दो साथ सहयोग सल्लाह सुझाव दिइरहने विश्वास व्यक्त गरे। आफ्नो नगरपालिकालाई मात्र होइन, नेपालमा जति पनि नगरपालिका, पालिका, महानगरपालिका, उपमहानगरपालिकामा संचालन भईरहेको स्काउट विकास गतिविधि प्राविधि सक्दो विकास क्रममा साथ दिने बताए।एक घर एक स्काउट उत्पादन गर्ने विकास गर्ने हाम्रो लक्ष्य छ। त्यो लक्ष्यलाई निरन्तर साथ दिने र सबैको साथको खाँचो रहेको बताउँदै सूर्यविनायक नगरपालिका स्थानीय स्काउटलाई धन्यवाद दिँदै उपस्थित स्काउटरहरू धन्यवाद दिए।







