काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोनाको कारणले भन्दै कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन गर्नुको आधार के भनेर प्रश्न गर्नुभएको छ । नेता थापाले आज सामाजिक सञ्जाल मार्फत कक्षा १२ को परिक्षा स्थगित भएपछि अन्य तहको परिक्षाको हुनको कारण खोज्नु भएको छ ।
उनले भने ,कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन !यसको आधार र तर्क के होरुयस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छरु प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो।







