प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच शनिबार साँझ संयुक्त राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ।
भेटमा नेपाल र राष्ट्रसंघबीचको सहकार्य, क्षेत्रीय स्थिरता, तथा जलवायु परिवर्तनजस्ता अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार-विमर्श भएको बताइएको छ। प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ७९ औं महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेका हुन्।
विमानस्थलमा उनलाई राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल, काबा महावाणिज्यदूत चक्र सुवेदीलगायतले स्वागत गरेका थिए। असोज १० गते ओलीले महासभामा सम्बोधन गर्ने छन् भने आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ, जहाँ द्विपक्षीय हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।







