काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपालका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको भेटमा जसपाको नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत रहेका थिए ।
भेटमा उनीहरूले प्रधानमन्त्री देउवासँग मधेसका माग र मुद्दा सम्बोधनको प्रक्रियाबारे चासो व्यक्त गरेको बताइएको छ ।







