काठमाडौं । नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन ।

देशमा चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान वृद्दि हुँदा सर्वसाधरणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको, आर्थिक मजबुत बनाउन कृषिलाई प्राथमिकता दिनुपर्ने, भौतिक निर्माण विकासका योजना निर्माण र बजेट विनियोजन प्रणालीमा आमूल परिवर्तन गरियोस् ।भौतिक विकास निर्माणको योजना उत्पादन वृद्धितर्फ अति आवश्यकताको क्षेत्र छनौट गरेर, रोजगारी वृद्धि हुनेगरी युवा श्रमशक्ति देशमै अड्याउने योजनाका साथ खर्च गर्ने, सोही अनुसार बजेट विनियोजन गर्ने प्रणाली स्थापित गरियोस् । बहुवर्षीय योजनाका नाममा नाममात्रको बजेट छुट्याउने र वर्षौंवर्षसम्म आयोजना पुरा नहुने परिपाटी अन्त्य गरियोस,वैदेशिक लगानी भित्र्याउन सहज व्यवस्था गरियोस् ,अर्थतन्त्रलाई दलालतन्त्रको कब्जा र भ्रष्टाचारबाट मुक्त गर्ने अभियान शुरु गरियोस लगायतका आर्थिक क्षेत्रको बिकासको लागी भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाएको ल हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय