असार २३ बिहिवार ।
निर्वाचन आयोग नेपालले आगामी मंसिर २ गते शुक्रबार एकै चरणमा आम निर्वाचन गर्ने गरी सरकारसँग मिति प्रस्ताव गरेको छ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन मिति प्रस्ताव गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भएको भेटको क्रममा आयोगका पदाधिकारीहरुले निर्वाचनको मिति प्रस्ताव गरेका थिए।
निर्वाचन आयोगले आगमी मंसिर २२ गते वर्तमान प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल पूरा हुने पनि जनाएको छ धनी संविधानका अनुसार कार्यकाल पुरा हुनुअघिनै आयोगले निर्वाचनको मिति प्रस्ताव गरेको हो। यसअघि अर्थात् २०७४ मंसिर १० र २१ गते गरी दुई चरणमा प्रतिनिधि तथा प्रदेशसभाको सदस्य को चुनाब भएको थियो।
निर्वाचन आयोग प्रमुख आयुक्त दिनेश कुमार थपलिया सहित आरोप पदाधिकारीहरुले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूको भेटमा एकै चरणमा चुनाव गराउन उक्त मिति प्रस्ताव गर्नुभएको थियो साथै प्रधानमन्त्रीसँगको भेटमा आयोग पदाधिकारीहरुले एकै चरणमा चुनाव सम्पन्न भए त्यसमा खर्च कम हुने, निर्वाचन सामग्रीको उपलब्धता दुवानी र समग्र निर्वाचन व्यवस्थापन गर्न प्रभावकारी हुने, मतदाता शिक्षा सामग्रीमा एकरुपता हुने, आचारसंहिता अनुगमन गर्न सहज हुने धारणा समेत राखेका थिए ।







