अभिनेत्री प्रियंका कार्कीले आफ्नो निधनको अफवाहलाई खण्डन गर्दै आफू पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराएकी छिन्।

मंगलबार उनले इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै लेखेकी छिन्, “मेरो कार दुर्घटनामा निधन भएको भनी गलत सूचना फैलाइएको छ। कृपया कुनै चिन्ता नलिनुहोस्, म सुरक्षित छु र अहिले ‘ममी’ फिल्मको सेटमा छु।”

यद्यपि, उनले यो अफवाह कुन माध्यमबाट फैलिएको हो भन्नेबारे खुलाएकी छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय