बुधबार फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ८ बजेर ४३ मिनेट जाँदा आब्राको हिमाली क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको यूएस जियोलजिकल सर्भेले जनाएको छ ।

अहिलेसम्म के कति क्षति भयो भन्ने विवरण आइनसकेको फिलिपिनो टाइम्सले उल्लेख गरेको छ भने भूकम्प महसुस गरे पनि सुनामी आउन सक्ने सम्भावना नरहेको बताइएको छ ।

आब्रा प्रदेशमा रहेको एक अस्पतालको केही भाग भूकम्पले भत्काएपछि हाललाई अस्पताल सारिएको छ । अस्पतालमा ठूलो क्षति नभएको अस्पताल स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । यसको पराकम्पहरू अझै आइरहेको आब्राको लागाङ्गिलाङका मेयर रोभेलिन भिलामोरले बताए ।आब्रा प्रदेशमा रहेको एक अस्पतालको केही भाग भूकम्पले भत्काएपछि हाललाई अस्पताल सारिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय