बङ्गलादेशमा आन्दोलन चर्किएपछी कर्फ्यु आदेश जारी भएको भन्दै नेपाली राजदूतावासले नेपालीहरु लाई आफू सुरक्षित स्थानमा रहन र सतर्कता अपनाउन सुचना जारी गरिएको छ ।
सूचनामा बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भईरहेको र बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको सन्दर्भमा बङ्गलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ।
बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरु सहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र वहाँहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ।
साथै, नेपाल फर्किन चाहने विद्यार्थीहरु तथा सम्पूर्ण नेपालीहरुले यस राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भईसकेपछि मात्र यात्रा गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
थप आवश्यक समन्वयको लागि यस राजदूतावासका सम्पर्क गर्नेको लागि समेत अनुरोध राजदूतावासले अनुरोध गरेको छ।








