सरकारले दशैंको अवसरमा दिएको लामो बिदा आजदेखि सकिएको छ, र सबै सरकारी कार्यालयहरु पुनः सञ्चालनमा आउने भएका छन्। असोज २४ गतेदेखि सरकारले बडादशैंको लागि बिदा दिएको थियो, जसले सरकारी सेवामा केही दिनको विश्राम प्रदान गरेको थियो।

आजदेखि कार्यालयहरु खुल्ने भएपछि गाउँबाट कार्यस्थलतर्फ फर्किनेको संख्या बढेको छ। बडादशैंको समापन भने भोलि पूर्णिमाका दिन हुनेछ, तर टीका र जमरा लगाउने क्रम अझै जारी छ। परम्परागत रूपमा, टाढा रहेका आफन्तहरूसँग पूर्णिमासम्म टीका लगाउने चलन रहेकोले, अझै धेरैले टीकाको लागि भेटघाट गरिरहेका छन्।

सरकारी कार्यालय पुनः खुल्नासाथ सेवा प्राप्त गर्नको लागि मानिसहरू कार्यालयहरूमा पुग्न थालेका छन्, जसले कामकाजी जनजीवनलाई सामान्य बनाउँदै लगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय