१ कात्तिक, काठमाडौँ/बागमती अन्लाईन खबर

बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी भनी काठमाडौँ उपत्यकामा २८ प्रतिशत र उपत्यका बाहिरका लागि २३ प्रतिशत भाडादर वृद्धि गरेकाे हाे ।

नयाँ भाडा अनुसार अब उपत्यकामा सार्वजनिक सवारी यात्रा गर्दा  ५ किलोमिटरसम्मकाे  १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।  यस्तै १० किलोमिटरसम्मकाे २३ रुपैयाँ तिर्नुपर्नेछ, १५ किलोमिटरसम्मकाे २७ रुपैयाँ तिर्नुपर्नेछ, २० किलोमिटरसम्मकाे ३० रुपैयाँ  तिर्नुपर्नेछ भने २० किलोमिटरभन्दा माथिकाे यात्रा गर्दा ३५ रुपैयाँ भाडादर तिर्नुपर्नेछ ।                                                             

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय