चितवन —चितवनको नारायणगढ-मुग्लिङ सडक खण्डको सिमलताल क्षेत्रमा आज केही बेर अगाडि एक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। ग २ ख ११०८ नम्बरको ट्रक र भारतीय नम्बर प्लेटको ए आर ०१ टी ६३७२ नम्बरको बस बीच भएको यो दुर्घटनामा हालसम्म उद्धार कार्य जारी रहेको छ।

दुर्घटनाको कारण हालसम्म स्पष्ट भइसकेको छैन, तर यसले गर्दा सो क्षेत्रमा यातायातमा अवरोध सिर्जना भएको छ। स्थानीय प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेका छन् र घाइतेहरुलाई नजिकको अस्पतालमा लगिएको छ। दुर्घटनाबाट कति जना घाइते वा मृतक छन् भन्ने कुरा अझै यकिन भएको छैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय