असार,२६ काठमाडौ / लायन्स क्लब अफ बुढानिलकण्ठ नेवा:पुचले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पिक प्वाइन्ट एकेडेमीको प्राणगनमा आयोजना गरेको उक्त कार्यक्रममा लायन्स क्लबका प्रतिनिधिहरु लगायत बुनपा १३ का वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठ, नेकपा एमाले बुनपा १३ का अध्यक्ष टिकेस श्रेष्ठ लगायत समाजसेवि भाइ नारायण श्रेष्ठको उपस्थिति रहेको थियोे। 
नेवा पुचका अध्यक्ष बिकास श्रेष्ठले कोभिड-१९ को यस त्रासमय अवस्थामा रगतको अभाव नहोस् भन्ने उद्घेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभएको हो। 
पिक प्वाइन्ट एकेडेमी लगायत अन्य क्लबहरु तथा संस्थाहरु संगको सयुक्त सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको आयोजना गरेकोमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले धन्यवाद दिनुहुदै कोभिडको दोस्रो भेरियन्त देखिए सङगै मुलुक अहिले पनि निषेधाज्ञा जारी रहेको तर जिल्ला प्रशासन कार्यलयले जनजीवन सहज बनाउन लाई निषेधाज्ञा खुकुलो गरेता पनि हामी सबैजना यस संक्रमणबाट बच्नु पर्न र दैनिकी जिबनमा समेत स्वास्थयको मापदण्ड पालन गरि सचेत रहन पनि सबैलाई आग्रह गरि कार्यक्रम समापन गरिएको थियो ।








