भदौ १२ ,काठमाडौ / बुढानिलकण्ठ नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेले तिब्र गतिमा संगठन बिस्तार गर्ने लागिपरेका छ।आज मात्र जनबर्गिय संगठन बिस्तारका विभिन्न कार्यक्रमहरु यस नगरपालिकामा सम्पन्न गरेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ मा आज भएको वडा स्तरिय भेला तथा जनसंगठन पुर्नगठन कार्यक्रम आयोजना भएको छ।आज भएको उक्त कार्यक्रममा जेष्ठ कम्युनिस्ट मन्च,अनेम संघ नेपाल,प्रचार तथा प्रसार बिभाग लगायत टोल कमिटीहरुको बिस्तार कार्यक्रम आयोजना गरिएको हो।                                 
आज आयोजना भएको उक्त कार्यक्रममा जेष्ठ कम्युनिस्ट मंचमा संयोजकमा जुजुभाइ श्रेष्ठको नेतृत्वमा ४१ सदस्य,अनेम संघ नेपालमा संयोजक सरिता श्रेष्ठ १५१ सदस्य,प्रचार तथा प्रसार बिभाग सुबास श्रेष्ठ संयोजकमा ७ सदस्य सहितको बिस्तार भएको थियोे भने गाम्चा टोल कमिटी संयोजक गणेश लाल श्रेष्ठ ,माथिल्लो टुसाल टोल कमिटी बिकास श्रेष्ठ ,तल्लो टुसाल टोल कमिटी संयोजक रामप्रसाद श्रेष्ठ , टुपेक टोल कमिटी संयोजकमा कृष्ण श्रेष्ठ कौडोल टोल कमिटी सापाटार टोल कमिटी संयोजक सुरेस नगरकोटि तथा नयाँ बस्ती टोल कमिटी संयोजक देबराज के.सि को संयोजनमा प्रत्येक टोल कमिटी बाट २२ सदस्य सहित संगठन बिस्तार गरिएको छ।संगठन बिस्तार लगत्तै विभिन्न सामाजिक गतिविधिमा सकृयता बढाइने र जसबाट सरसफाइ, रक्तदान कार्यक्रम लगायत महिला लक्षित गतिविधि ,युवा लक्षित क्रियाकलाप गरि संगठनलाई परिचालन पनि गरिने जानकारी नेकपा एमाले बुनपा १३ शाखा कमिटीका अध्यक्ष टिकेस नारायण श्रेष्ठ जानकारी गराएका छ्न।     

उक्त कार्यक्रममा कार्यक्रमको संचालन शाखा कमिटी सचिब धर्म श्रेष्ठले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा एमाले केन्द्रिय सदस्य डा.राजन भट्टराई लगायत विशेष अतिथिमा उढ्बप्रसाद खरेल,प्रदीप डङोल, बिन्दा गौतम,सरिता निरौला तथा अनेम संघ नगर संयोजक निर्मला खडकाको उपस्थिति रहेको थियोे ।         

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय