विहिवार, जेठ ५ / बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा नेकपा एमालेका टीका नारायण श्रेष्ठको प्यानल सहित विजयी भएका छन।उनले अन्त्वगोत्व २१४ मतका साथमा अग्रता कायम गरि जितेका हुन।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा नेपाली काङ्ग्रेसका भरत श्रेष्ठ,नेकपा एमालेका टीका नारायण श्रेष्ठ,नेकपा एकीकृत समाजवादीका सुवास श्रेष्ठ,माओवादी केन्द्रका हरिदास श्रेष्ठ,राप्रपाका प्रदिप श्रेष्ठले उम्मेदवारी दिएको थिए ।

नेकपा एमालेका टीका नारायण श्रेष्ठले १६८६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार भरत श्रेष्ठले १४७३ मत प्राप्त गरेका थिए।नेपाली काङ्ग्रेसका उम्मेदवार लाई माओवादी केन्द्रका हरिदास श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता गरि समर्थन गरेका थिए भने नेकपा एकीकृत समाजवादीका सुवास श्रेष्ठले नैतिक समर्थन समेत गरेको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय