नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ (२ ) का प्रदेस सभा सदस्य उम्मेदवार कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा घरदैलो अभियानलाई तिव्रता दिएका छन्।
कार्तिक १८ गते गणेशथान मन्दिरमा विधिवत रूपमा पुजाआज गरेकाे सुरू भएको गगन कुमार थापाकाे चुनावी घरदैलो अभियान २० गते बिहान कपनकाे प्रगति चोक क्षेत्रबाट सुरू गरेर घरदैलो कार्यक्रम आज दिन भर बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा केन्द्रीत रहयाे
काठमाण्डौ क्षेत्र नं ४ मा गठबन्धन गरेर चुनावी मैदानमा आएका नेपाली कांग्रेस ,नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका प्रत्यक्ष तर्फ र समानुपातिक तर्फका उम्मेदवारहरुको सहभागितामा भएको सो घरदैलो कार्यक्रममा स्थानियहरुको न्यानो स्वागत र साथ प्राप्त भएको नेपाली काङ्ग्रेसकाे नेताहरूले बताए
बुढानिलकण्ठ वडा न ११ मा नेपाली काङ्ग्रेसले स्थानीय तह निर्वाचनमा थाेरै मतले वडाअध्यक्षमा पराजित हुन परेकाे थियोे भने समग्र मत परिणामकाे हिसावले काङ्ग्रेस र एमाले बराबरीकाे हिसाबमा देखिने र त्यहाँ नेकपा एस र माओवादीकाे मत जाेडने हाे भने काङ्ग्रेस 4/5 सय मतले अगाडि हुने काङ्ग्रेस नेताहरूकाे दाबि रहेकोे छ।







