काठमाडौं  ।  राष्ट्रिय परीक्षा बोर्डले अहिले सामाजिक सञ्जालमा भाइरल भएको कक्षा-१२ को उत्तरपुस्तिकाबारे छानबिन गर्ने  भएको छ । कक्षा १२ को परीक्षा दिदै गरेको उत्तरपुस्तिकाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि छानविन गरी कारवाही गर्ने जनाएको हो ।

बुधबारदेखि सुरु भएको कक्षा १२ को परीक्षाको उत्तरपुस्तिकाको एक भिडियो यतिखेर टिकटकमा भाइरल भएको छ। उनका अनुसार अहिले त्यो भिडियो हाल्ने व्यक्तिको पहिचान हुन सकेको छैन। कोरोनाले रोकिएको परीक्षा बुधबारबाट जारी छ। भौतिक उपस्थितिमै सञ्चालन गरिएको परीक्षा असोज ८ गते सकिनेछ। करिब ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय