आज मिति २०७९/०४/२० गते पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूको अध्यक्षतामा बस्यो । बैठकले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठवन्धन बिच चुनावी तालमेल गरि बिज्ञप्ति अगाडी बढ्ने निर्णय गर्यो ।

 

निर्वाचनको मिति घोषणा भएसङ्गै आज गठबन्धनका प्रमुख नेताहरुबिच छलफल भएको छ । छलफलमा शेरवहादुर देउवा प्रधानमन्त्री तथा सभापति नेपाली काँग्रेस, पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष,नेकपा (माओवादी केन्द्र) माधवकुमार नेपाल अध्यक्ष नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव जनता समाजवादी पार्टी, दुर्गा पौडेल अध्यक्ष राष्ट्रिय जनमोर्चा नेताहरु बिच छलफल भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय