मंसिर ९ बुढानिलकण्ठ / मंसिर ११ गते हुने नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको नगर अधिवेसनमा नेता भाइनारायण श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन।
नगर अधिवेशन आउन केही दिन मात्र बाकि रहदा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले नेकपा माओवादी केन्द्र बुढानिलकण्ठलाई थप मजबुत तथा संगठनलाई बलियो बनाउन आफुले नेतृत्वको दावी गरेको बताएका छ्न।
बुढानिलकण्ठ नगरपालिका १३ निवासी श्रेष्ठ भुमिगत कालदेखी नै नेकपा माओवादी पार्टीमा कृयासिल भइ संगठन बिस्तार लगायत पार्टीका विभिन्न गतिविधिमा कृयासिल भएर लागेका थिए भने २०७४ सालको स्थानीय निकायको निर्वाचनमा बुढानिलकण्ठ १३ तत्कालीन नेकपा माओवादी पार्टीको तर्फबाट वडामा अध्यक्ष पदमा उम्मेदवार समेत रहेका थिए।
नेकपा माओवादी केन्द्रमा रहदा समेत सामाजिक गतिविधिमा तथा सामाजिक जागरण लगायत विभिन्न अभियानहरुमा रहेर जनताको सेवामा समर्पित रहेका परिचित ब्यक्ति समेत रहेका छन।उनि संस्कृति सम्पदा संरक्षण तथा अभियानकर्ता समेत रहेको छ्न श्रेष्ठले टुपेक गणेश मन्दिर पुर्ण:निर्माण गर्नक लागि जग्गा समेत मन्दिरको नाममा दान गरेका थिए भने बुढानिलकण्ठ नगरपालिका वडा १३ अवस्थित नौलिन माध्यमिक बिद्यालय ब्यवस्थापन समितीमा रहि शिक्षा क्षेत्रमा परिवर्तनकारी भुमिका समेत निर्बाह गरिरहेका छ्न।







