यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँ बराबरको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम अर्थात करिब ८२ करोड रुपैयाँ जितेका छन् ।

सोही ठाउँबाट प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् भने  उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ भने बिजेता पाल मनि एक्सचेञ्जमा कार्यरत कर्मचारी रहेको बुझिएको छ ।

नेपालबाट खाडी मुलुकमा रोजगारका लागि जानेले अहिले यस्ता चिठ्ठा किन्ने ट्रेन्ड बसेको छ । नेपालीलाई ठूलो धनराशिको चिठ्ठा परेको यो दोस्रो चोटि यो भन्दा अगाडि पनि एक जनालाई यस्तै ठुलो राशिको चिठ्ठा परेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय