नेपाल आयल निगमका अनुसार भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।

पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ र डिजेल प्रतिलिटर ७ रूपैयाँ ९८ पैसाले थप महँगो भएको निगमले जनाएको छ ।

यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रूपैयाँ ८० पैसाले बढेको छ भने हवाई इन्धन लिटरमै ७ रूपैयाँ ५० पैसाले बढेर आएको छ ।

आईओसीले एलपी ग्याँसको मूल्य भने बढाएको छैन । भारतबाट नयाँ मूल्य आए पनि नेपालमा उपभोक्ता मूल्य तोक्नेबारे निगम बोर्ड बैठकले निर्णय गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय