बलिउड अभिनेत्री मलाइका अरोराका पिता अनिल अरोराले २०२४ सेप्टेम्बर ११ मा मुम्बईको बान्द्रास्थित भवनको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन्।

यो घटनाले मलाइका अरोरा र उनको परिवारलाई गहिरो शोकमा डुबाएको छ। स्थानीय प्रहरी र अनुसन्धान टोली घटनास्थलमा पुगेका थिए र प्रारम्भिक अनुसन्धान अनुसार यो आत्महत्या भएको पुष्टि भएको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ, र घटना कसरी घट्यो भन्ने थप अनुसन्धान भइरहेको छ।

मलाइकाका पूर्वपति अरबाज खान पनि यो दु:खद घडीमा मलाइकाको साथमा देखिएका थिए। बलिउड समुदायले यस घटनामा शोक व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्। मलाइकाले हालसम्म सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएकी छैनन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय