माओवादी केन्द्र बुढानिलकण्ठ द्वारा एक कार्यक्रम आयोजना भएको छ। सो कार्यक्रम बाट बैचारिक प्रशिक्षण तथा बृहत् भेला आयोजना गरिएको हो। कपन स्थित मिलनचोकको एक पार्टी प्यालेसमा आयोजना भएको प्रशिक्षण कार्यक्रममा आसन्न स्थानीय तहको निर्वाचन लाई केन्द्रित गरि प्रशिक्षण प्रदान गरिएको थियो।
उक्त प्रशिक्षण तथा भेला कार्यक्रममा माओवादी केन्द्र बुढानिलकण्ठ अध्यक्ष भाइ नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रीय सदस्य हिमाल शर्मा , बागमती प्रदेस कमिटी अध्यक्ष सरल सहयात्री,क्षेत्रीय इन्चार्ज बिदुर खड्का , प्रदेश सदस्य क्षेत्र संयोजक सुरेश कर्माचार्य, प्रदेश सदस्य तथा क्षेत्रिय सचिव डम्बर अधिकारी, प्रदेश सदस्य क्षेत्र ४ क इन्चार्ज रबिन गुरुङ,प्रदेश परीषद सदस्य राजेन्द्र श्रेष्ठ , प्रदेश जेष्ठ कम्युनिस्ट सदस्य माधव आचार्य सहित कार्यक्रम भब्यताका साथै बृहत् नेता तथा कार्यकर्ताहरुको समेत उपस्तिथि रहेको थियो ।
माओवादी केन्द्र (बुढानिलकण्ठ) सम्पूर्ण रुपमा स्थानीय तहको निर्वाचन केन्द्रित अभियानमा लागेको बताउदै नगर कमिटी अध्यक्ष भाइनारायण श्रेष्ठले जानकारी प्रदान गरेको छ भने उहाका अनुसार यस निर्वाचन केन्द्रित अभियानमा लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आव्हान समेत गरेका छन ।







