बैशाख ८ / बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा माओवादी केन्द्रको वडा कमिटी कार्यलय उद्घाटन गरिएको छ।वडा नम्बर १३ अवस्थित टुपेकमा आज माओवादी केन्द्रको कार्यलय उद्घाटन गरिएको हो।

माओवादी केन्द्रले यहि बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचन मिति नजिकिए संगै बूढानीलकण्ठ नगरपालिकमा चुनावी गतिविधिलाई तिव्रता प्रदान गरेको छ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा अघिल्लो स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट भाइनारायण श्रेष्ठले अध्यक्षको लागि उम्मेदवार थिए भने श्रेष्ठले उक्त वडामा करिब ७०० मत प्राप्त गरेको थियोे।

माओवादी केन्द्रले बूढानीलकण्ठ नगरपालिका वडा १३ को यहि बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनको निर्वाचन उम्मेदवारहरुको कमिटी समेत निर्धारण गरिसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय