असार ११, २०७९

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष भाइनारायण श्रेष्ठद्वारा यूवाहरु समक्ष महत्वपूर्ण छलफल गर्नुभएको छ ।

युवाहरुको समक्ष आयोजना भएको उक्त कार्यक्रममा मुख्यतः संगठन विस्तार तथा अबको भविष्यको कार्ययोजनामा बारे विस्तृत छलफल भएको थियोे ।

कार्यक्रममा सम्बोधन गर्दै यूवाहरु राजनीति नेतृत्वदायी भूमिका आउनका लागि आग्रह गरेका छन् भने अध्यक्ष श्रेष्ठले उक्त कार्यक्रम मार्फत युवाहरूलाई युवाउर्जाका साथ राजनीतिमा आइ देश तथा समाज परिवर्तनका लागि युवाको भूमिका महत्त्वपूर्ण एवम् परिवर्तनकारी रहने समेत विचार ब्यक्त गरेका थिए।

कार्यक्रममा हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा उम्मेद्धारी रहेका युवा प्रतिनिधिहरु साथै बूढानीलकण्ठ नगरपालिकाका युवाहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय