काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी०मा अनुबन्धित भएका छन् । बार्सिलोनाबाट बाहिरिएका मेसीले दुई वर्षका लागि पीएसजीमा अनुबन्धित भएको जनाएको छ ।
फुटबल समाचारका लागि सबैभन्दा विश्वासिला पत्रकार रोमानोले ट्वीट गरेका छन् ‘मेसी पीएसजीसँग अनुबन्धित भएका छन् । सम्झौता भइसकेको छ । र, सम्झौतामा थप्न सकिने अप्सन पनि छ,’ , ‘प्रतिसिजन तलब करिब ३५ मिलियन हुनेछ ।’







