नेकपा एकीकृत समाजवादीको जनसंगठन युवा संघ नेपाल बुढानिलकण्ठ नगर कमिटीले कोभिड १९ बिरुद्व साताब्यापी जनचेतना मुलक अभियान शुरु गरेको छ । आज माघ १६ गते कपन ह्याण्डवल ग्राउन्डबाट जनचेतनामुलक अभियान शुरु गरिएको हो ।
सो अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाको सात ठाउमा हेल्पडेक्स स्थापना गरिने छ। आकाशे धाराबाट सुरुभएको अभियान क्रमश तरकारी बजार, फैकाचोक, पैयुटार, चुनिखेल, गोल्फुटार हुदै बुढानिलकण्ठ मन्दिरमा आगामी शनिवार समापन गरिने युवा संघ नेपाल बुढानिलकण्ठले जानकारी दिएको छ।
उक्त अभियानको शुभारम्भमा नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला उपसचिव एवम काठमाडौं क्षेत्र नं ४ का संयोजक धुर्ब राज न्यौपाने, क्षेत्र नं ४ सचिव पुरुषोत्तम नेपाल युवा सघ नेपाल केन्द्रीय सचिवालय सदस्य एवम नेकपा नगरकमिटी उपसचिव बिष्णु भट्टराई, युवा संघनेपाल केन्द्रिय सचिवालय सदस्य एवम बुनपा १२ का पार्टी अध्यक्ष रामशरण सापकोटा,केन्द्रिय सदस्य विशाल खत्री र बुढानिलकण्ठ अध्यक्ष आकश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा बुढानिलकण्ठ नगर कमिटिका दर्जनौ युवाको उपस्थिति रहेको युवा सघ नेपालका केन्द्रिय सदस्य तथा नेकपा एकीकृत समाजवादिका युवा नेता विशाल खत्रीले जानकारी दिएको हो । कार्यक्रममा जनताको स्वास्थ सङग सम्वन्धित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिने एवम् कोभिड १९ विरुद्ध स्वास्थ शिविरहरु लगायतका थप कार्यक्रमहरु पनि गरिने यस साताब्यापी स्वास्थ्य शिविर बाट लाभ लिन बुढानिलकण्ठ नगरकमिटि युवा संघ नेपालले सबै नगरवासीहरु लाई अनुरोध पनि गरेको छ।







