काठमाडौ / पदमार्गको कामको थालनी गर्न आज माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्री सहित उपस्थितिमा शहरी विकास मन्त्रालयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा माननीय मन्त्री झाक्रीले अब यो योजना अगडि बढाउन आवश्यक बजेटको व्यवस्था मिलाएर छिट्टै सुरू हुने बताउनु भएको छ ।वैठकमा माननीय जीवन राम श्रेष्ठ, माननीय गगन थापा, सचिव मणिराम गौतम, पुरातत्व विभाग महानिर्देशक दामोदर गौतम, ईश्वरमान डंगोल प्रवक्ता एंव १५ वडा अध्यक्ष उपस्थित हुनुहुन्थ्यो ।
विश्व सम्पदा सुचिमा रहेको हनुमानढोका दरवार क्षेत्र र स्वयम्भु क्षेत्रलाई हेरिटेज ट्रेलको रुपमा विकास गर्ने निर्णय यस अघि बसेको नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाक्री सहित उपस्थितिमा पर्यटन मन्त्रालयमा मंसिर २३ गते बसेको वैठकले निर्णय गरेको थियो ।
मंसिर २३ गतेको वैठकले माननीय जीवन राम श्रेष्ठको संयोजकत्वमा ५ जनाको स्टेरिङ्ग कमिटी गठन गरेको थियो। कमिटीमा सदस्यहरु ईश्वरमान डंगोल प्रवक्त्ता एंव १५ वडा अध्यक्ष, दामोदर गौतम, महार्निदेशक पुरातत्व विभाग, टेक नारायण पौडेल उपसचिव, पदम मैनाली महानिर्देशक शहरी विकास विभाग रहनु भएको छ ।







